नेपाल भर्सेस चीनः २६ रनमै समेटियो चीन, आठ खेलाडीले खाता खोल्न सकेनन् !

काठमाडौ, असोज २४ । मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ खेलमा २७ रनको विजयी लक्ष्य पाएको छ ।

 

 

आज टस हारेर ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा सबै विकेट गुमाउँदै मात्र २६ रन बनाउन सक्यो । उसका लागि हाङ जिङ याङले ११ रन नबाउनु बाहेक अरुले सम्झनलायक प्रदर्शन गरेनन् ।

 

 

चीनका आठ खेलाडी शूल्य रनमा आउट भए । बलिङमा नेपालका सन्दिप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान तीनतीन विकेट लिए । आज नेपालले टस जितेर फिल्डीङ रोजेको हो ।

 

 

खेल बिहान ७ः४५ देखि सुरु भएको हो । यसअघि ललित राजवंशीले पहहिलो विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा विकेट लिएका थिए ।

 

प्रतियोगिता अन्तर्गत नेपालले खेलेको चार वटै खेलमा म्यानमार, मलेसिया, थाइल्याण्ड र भुटानलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

कमेन्ट गर्नुहोस्