ट्रम्पलाई ठूलो झड्का, सुरक्षा समूहबाट अचानक निकी हेलीले दिइन् राजीनामा

एजेन्सी । संयुक्त राष्ट्रसंघ (यूएन) का अमरिकी राजदूत निकी हेलीले आकस्मीक राजीनामा दिएकी छन् । उनले मंगलबार अचानक राजनीमा दिएकी हुन् । अमेरिकाका सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको राजीनामा स्वीकार गरेका छन् ।

हेलीले मंगलबार मात्रै राजीनामाको घोषणा गरेकी हुन्। ट्रम्पलाई हेलीले राजीनामा बुझाएकी हुन्। हेलीको राजीनामा स्वीकृत भएको ट्रम्पले जानकारी दिएका छन्। उनले सन् २०१८ को अन्त्यसम्ममा हेलीले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजूतका रूपमा काम गर्ने र त्यसपछि पदबाट हट्ने बताएका छन्। ट्रम्पले निकी हेलीसँग फेरि काम गर्न चाहेको बताएका छन्।

उनले हेलीलाई मनपर्ने कामको जिम्मेवारी दिने पनि बताएका छन्। ट्रम्पले हेलीलार्इ सन् २०१७ जनवरीमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका थिए।

हेलीको राजीनामा ट्रम्प प्रशासनसँगको खटपटका कारण आएको बीबीसीले जनाएकाे  छ। रूस र अमेरिका सम्बन्धबारे केही समय पहिले सार्वजनिक भएको हेलीको प्रतिक्रियालाई ह्वाइट हाउसका अधिकारीले भ्रमकाे खेती भनेर प्रतिक्रिया दिएका थिए। साथै ह्वाइट हाउसले हेलीको भनाइलाई अस्वीका गरेको थियो।

ट्रम्पले दिएको उक्त जिम्मेवारीका लागि हेलीले धन्यवाद दिएकी छन्। उनले आफूलाई उक्त पद दिएर सम्मानित गरेको बताएकी छन् ।

उनले आगामी निर्वाचनमा पनि ट्रम्पलाई सहयोग गर्ने वाचा गरेकी छन्। तर हेली अब अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्ने लक्ष्यमा रहेकी आंकलन पनि गरिन थालेको छ।

कमेन्ट गर्नुहोस्