सह-न्यायाधीवक्ता ५ लाख घुससहित रंगेहात पक्राउ

पोखरा, असोज २४ । प्रदेश ४ का सह-न्यायाधीवक्ता शुरेन्द्रबहादुर थापा पाँच लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । आफ्नै कार्यालय (सरकारी वकिलको कार्यालय) मा कपिलवस्तुका रामकुमार टण्डनसँग पाँच लाख घुस लिँदै गर्दा उनलाई बुधबार बिहान साढे आठ बजेतिर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

 

टण्डनका छोरा अनुपम कुमार ठगी मुद्वामा पक्राउ परेको र उनको मुद्वा अगाडि नबढाउने सर्तमा सहन्यायाधीवक्ता थापाले पाँच लाख घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्