हिप्पीले छोडेर गएका २० वर्षे पुराना सवारीसाधन विस्थापित हुँदै

असोज २४ । अमेरिकामा सन् १९६० को दशकमा स्थापित सामाजिक र राजनीतिक मान्यताभन्दा भिन्न उदार जीवनशैली भएको ‘हिपी अभियान’ सुरु भयो ।

भियतनाम युद्धको विरोधसँग त्यसको परोक्ष सम्बन्ध भएको बताइन्छ । तर त्यस अभियानमा सहभागी भएका र त्यस्तो जीवनशैली अनुशरण गरेका व्यक्तिहरू प्रत्यक्षरूपमा राजनीतिमा भने संलग्न हुँदैनथे ।

बिस्तारै ‘हिपी अभियान’ युरोपतिर फैलियो । लामो केश, फरक पहिरन, गाढा रङको प्रयोग र उन्मुक्त जीवनशैली उनीहरूको परिचय जस्तै बन्यो ।

उनीहरू समूह बनाएर देशविदेश पनि घुम्थे । युरोपबाट काबुल र दिल्ली हुँदै सन् १९६० र १९७० को दशकमा उनीहरू नेपाल पनि आएका थिए । उनीहरूले प्रयोग गरेको बाटोलाई ‘हिपी ट्रेल’ भनिन्थ्यो।

भारत र नेपालमा उनीहरूलाई ‘हिप्पी’ भनेर चिनियो । त्यसरी नेपाल आउँदा धेरै हिप्पीहरूले जर्मनीमा निर्मित ‘मर्सिडिज बेन्ज’ प्रयोग गरेका थिए । केहीले त्यस्ता मिनीबस यहीं छोडेर गए।

ती मिनीबस यात्रुवाहक सवारीसाधनका रूपमा धेरै वर्ष काठमाडौं उपत्यकाका सडकमा गुडे । तर, सरकारले २० वर्ष पुगेका सवारीसाधनलाई सार्वजनिक यातायातका रूपमा प्रयोग नगर्ने नीति ल्याएपछि हिप्पीको इतिहाससँग जोडिएका गाडीहरू त्यत्तिकै थन्किएका छन् । बीबीसीबाट

कमेन्ट गर्नुहोस्