गायक शिव परियारको ‘सुनको माया…’ सार्वजनिक (भिडियोसहित)

गायक शिव परियारको स्वरमा रहेको ‘सुनको माया…’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एल्बम ‘शिवालय’भित्र समावेश गगीतको भिडियोमा मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल अलिसा राईलाई फिचरिंग गरिएको छ।

कुशल भिडियो निर्देशक विकास सुवेदीको निर्देशन रहेको गीतमा निकै राम्रो तरिकाको कोरियोग्राफी अनुरागको रहेको छ । दर्जनौ म्यूजिक भिडियोमा अभिनय तथा कोरियोग्राफी गरेका अनुरागको अहिले सम्मकै उत्कृष्ट कोरियोग्राफी र अभिनय रहेको अनुरागले बताए । गायक शिव परियारको आवाज रहेको गीतमा शिवकै संगीत रहेको छ ।

स्वेता मैनालीको शब्दमा शिव परियारको आवाज तथा संगीत रहेको गीत ‘सुनको माया’ मा अनिल के मानन्धरले सिनेमाटोग्राफी गरेका छन् । मेरा अन्य गीतभन्दा फरक शैली यो गीतमा दर्शक श्रोताले पाउनुहुने छ ‘गायक शिव परियारले हामीसँग भने । गीतमा फ्लोक बेसको स्वाद दर्शक श्रोताले पाउने छ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्