महानिरीक्षक खनालद्वारा सबै प्रहरी अधिकृतलाई हाछेथुले जस्तै काम गर्न निर्देशन

काठमाडौं, असोज २४ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ललितपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुको प्रशंसा गरेका छन् ।

ललितपुर ट्राफिक प्रहरीको नयाँ भवन उद्घाटन गर्दै महानिरीक्षक खनालले सबै प्रहरी अधिकृतहरुलाई हाछेथुले जस्तै काम गर्न निर्देशन दिएका छन् । अहिले प्रहरी संगठनमा निलम्बन र कारबाही चलिरहेको बेला हाछेथुले प्रशंशनीय काम भन्दै प्रशंसा गरेका छन् ।

ललितपुरमा हाछेतुको सक्रियतामा २ करोड १६ लाखको लगानीमा नयाँ ट्राफिक प्रहरी कार्यालय बनेको हो । १ सय ९८ जना नागरिकको सहयोगमा उक्त भवन निर्माण भएको हो भने यसको पहल हाछेथुले गरेका थिए ।

साथै आइजी खनालले प्रहरीमा व्यक्तिले गरेको गल्तीलाई लिएर संगठनकै बेइज्जत हुने गरेर नबोल्न समेत आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्