नगरप्रमुख वडद्वारा शुभकामना व्यक्त

धनगढी, असोज २४ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले दशैं, तिहार र छठको अवसरमा नगरवासीलाई शुभकामना सन्देश दिएका छन् ।

बुधबार शुभकामना सन्देश दिँदै नगरप्रमुख वडले यी चाडपर्वले हरेक नेपालीलाई सकारात्मक सोचका साथ समृद्धिको बाटोमा लाग्न शक्ति प्रदान गरुन् भन्ने शुभकामना दिएका छन् ।

समाजमा रहेको अभाव, द्वन्द र विभेदको अन्त्य होस् । सामाजिक रुपान्तरणमा लाग्न सबैलाई प्रेरणा देओस् भन्ने कामना पनि नगरप्रमुख वडले गरेका छन् । नेपाल बहुभाषा, बहुजाती, बहुसंस्कृति भएको हाम्रो देशमा चाडपर्वले सबै नेपालीहरुलाई एकताको सुत्रमा ल्याउने, धार्मिक सहिष्णुता, आपसी सदभावलाई बलियो बनाउने शुभ अवसर समेत प्रदान गर्ने गरेको नगरप्रमुख वडद्धारा प्रकाशित शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

धनगढी उप–महानगरपालिकाले सबै जातजाति, समुदाय र वर्गका चाडपर्वलाई समान प्राथमिकता दिँदै आएको बताईएको छ । हामी चाडपर्व आर्थिक भारमा पर्ने र पार्नेभन्दा मितव्ययी बनाउन पनि नगरवासीलाई आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्