‘छक्का पञ्जा-३’ हेर्न दर्शकको ओइरो

काठमाडौं, असोज २४ ।

आज अर्थात घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्र ‘छक्का पञ्जा –३’ ले पहिलो दिन नै लोभ लाग्दो व्यापार गरेको छ ।
नेपालका सबै हलमा सोलो रिलिज पाएको ‘छक्का पञ्जा –३’ हेर्न देश भरिका हलहरुमा दर्शकको ओइरो लागेको छ ।

चलचित्र रिलिजअघि नै बुकिङ खुला भएका कारण दर्शकलाई चलचित्र हेर्नका लागि पनि निकै सहज भएको छ ।

चलचित्रकी निर्देशक दीपाश्री निरौलाले भनिन्, ‘हामीले चलचित्रमा धेरै मेहेनत गरेका छौँ । पहिलेभन्दा फरक देखाउने प्रयास गरेका छौँ र दर्शकले पनि हामीले राम्रो गर्न सक्छौँ भनेर विश्वास गर्नुभयो । यो नै हाम्रा लागि महत्वपूर्ण कुरा हो।’

चलचित्र ‘छक्का पञ्जा –३’ का लागि काठमाडौं उपत्यकाका सबै जसो मल्टिप्लेक्स हलहरुमा उच्च शो दिइएको छ । चलचित्रका निर्माता एवम् कलाकार दीपकराज गिरी पनि अघिल्लाे चलचित्रकाे तुलनामा छक्का पञ्जा ३ ले मनोरञ्जनसँगै शिक्षा पनि दिने प्रयास गरेकाे बताए ।

लचित्रमा शिक्षा क्षेत्रमा हुने लापर्वाहीलाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ । विशेष त सरकारी विद्यालयमा हुने राजनीतिले शिक्षामा पुर्याएको असरलाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्