दुग्ध ब्यवसायलाई ब्यवस्थित बनाउदै स्वच्छतामा पनि ध्यानदिनुपर्छ – राज्यमन्त्री चौधरी

काठमाणडौं असोज २४। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले दूध स्वच्छ हुन गोठ देखि ओठ सम्म नै सरसफाइ आवश्यक रहेको भन्दै यसका लागि दुध स्वच्छ्ता अभियान नै चलाउनुपर्ने बताएकी छिन।

नेपाल डेरी साईन्स एसोसिएसनले आयोजना गरेको एक दिने “स्वास्थ्य र समृध्दिका लागि गुणस्तरयुक्त दूध “बिषयक गोष्ठिमा बोल्दै मन्त्री चौधरीले दुधको स्वच्छता कुनै एक व्यक्ति वा संस्था बाट मात्र नभै संयुक्त र सामुहिक पहल बाट मत्रै सम्भव हुने बताएकी छिन।

दूध क्षेत्र आफैमा एक प्रचुर सम्भवना भएको क्षेत्र हो । यस क्षेत्रले नेपालको आर्थिक उन्तिमा अग्रणि खेल्दै आइरहेको छ ।कृषि क्षेत्रको प्रमुख हिस्साको रुपमा दूध व्यवासय रहेको र कुल ग्राहस्थ उत्पादनको करीब ९ प्रतिशत स्थान ओगटेको छ तसर्थ यो व्यवसायलाई व्यवस्थित ,व्यवसायिक र प्रतिष्पर्धात्मक बनाउनुको साथै स्वच्छता कायम गर्न आवश्यक रहेको मन्त्री चौधरीलेको भनाइ छ।

गोष्ठीमा नेपाल डेरी एसोसियसन,नेपाल डेरी उधोग संघ ,केन्द्रिय दूध उत्पादक सहकारी संघका साथै कृषि मन्त्रालय ,बिभाग ,राष्ट्रिय दूध बिकास बोर्ड ,दूध बिकास संस्थानका विशेषज्ञहरु,साथै पेशागत सङ्गठन खाद्य बैज्ञानिक ,पशु बैज्ञानिक ,भेटेनरी एसोसियसन ,डेरी तथा फुड टेक्नोलोजी कलेजका विशेषज्ञहरुको समेत सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्