राजनीतिक नेतृत्वले सच्चिने साहस गर्नै पर्छ : प्रचण्ड [भिडियोसहित]

ताप्लेजुङ, असोज २४ ।
राजनीतिक नेतृत्वको कमजोरी र इच्छा शक्तिकाे अभावले देश पछि परेको बताएका छन् । उनले देशको विकास र समृद्धिका लागि राजनीतिक नेतृत्वले सच्चिने साहस गर्नै पर्ने बताए ।

नजिकिंदै गरेका चाडपर्वका अवसरमा शुभकामना तथा चियापान कार्यक्रममा ताप्लेजुङको पाथिभरा पुगेका अध्यक्ष प्रचण्डले अझै पनि पार्टी तथा नेतृत्वले उही कमजोरी दोहो-याउने हो भने त्यो देश र जनताका लागि ठूलो दुर्भाग्य हुने बताए ।

उनले भने, ‘अझै पनि विकासले गति नलिने हो भने, सुशासनको जग बसाल्न नसक्ने हो भने देशको सार्वभौमसत्ता र स्वतन्त्रतामाथि नै संकट पर्छ । राजनीतिक नेतृत्व सच्चिएर नेपाललाई प्रकृति र इतिहासले दिएको अवसरको सदुपयोग गर्न एकजुट हुनै पर्छ ।’

उनले अहिले देशको विकास र समृद्धिका लागि उत्तम अवसर भएको बताए । दण्डहिनताको अन्त्य र देश विकास र समृद्धिका योजना र नीतिमा केन्द्रीत भएर लाग्ने ऐतिहासिक अवसर र चुनाैती दुवै भएकाे बताए । उनले भने, ‘कम्युनिष्टहरुको एकताबाट स्थिरता अाएकाे छ ।  प्रतिपक्षले पनि विकास र समृद्धिका लागि हातेमालो गर्ने पर्ने परिस्थति सिर्जना भएको छ । यसलार्इ असवर तथा चुनाैती दुवै रूपमा लिएर देश बनाउने संकल्प गर्नै पर्छ। ‘ अध्यक्ष प्रचण्डले वर्तमान सरकारले दिर्घकालिन रणनीतिक योजना सम्पन्न् गर्न राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा पहल गरेको दावी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शेखर कोइराला, मन्त्री रविन्द्र अधिकारी, नेकपाका सांसद योगेश ढकाललगायतको उपस्थिति थियो ।

पर्वहरूकाे अवसरमा ताप्लेजुङकाे अायाेजनामा अायाेजित शुभकामना तथा चियापान कार्यक्रम संमवाेधन। 075/06/24 गते

Posted by क. प्रचण्ड / Comrade Prachanda on Wednesday, 10 October 2018

कमेन्ट गर्नुहोस्