नेकपा अध्यक्ष प्रचण्ड भन्छन्,- ‘बामदेवले हार्ने गरी उपनिर्वाचन हुँदैन’

काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाका सम्बन्धमा हाल पार्टी कुनै निर्णय भइनसकेको उल्लेख गर्दै आफूहरु उक्त स्थान गुमाउने गरी निर्वाचनमा नजाने घोषणा गरेका छन् ।

 

 

पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा बुधबार आयोजित चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले उक्त धारणा राखेका हुन् ।

 

 

गत निर्वाचनमा बर्दियाबाट हारेका नेकपा नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्‌मा ल्याउने तयारी भइरहेको छ। गौतमलाई स‌ंसद्‌मा लैजाने योजनाअनुरुप सांसद मानन्धर राजीनामा दिन सहमत भइसकेका छन् ।

 

 

सांसद मानन्धरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूले राजीनामा स्वीकृतिका लागि पार्टीलाई निवेदन दिइसकेको जानकारी दिएका थिए। उनले पार्टीको आधिकारिक निर्णयसँग सांसद् पदबाट राजीनामा दिन आफू तयार रहेको बताएका छन्।

कमेन्ट गर्नुहोस्