सन्दीपको शानदार प्रदर्शनको दिल्ली डेयरडेभिल्सले गर्‍यो प्रशंसा

काठमाडौं, असोज २४ । मलेसियामा जारी आइसीसी टि-ट्वाण्टी विश्वकपको एसिया छनौटमा नेपाली क्रिकेटर सन्दीप लामिछानेको शानदार प्रदर्शनलार्इ लिएर आइपीएलमा उनी संग्लन टिम दिल्ली डेयरडेभिल्सले ट्विटरमार्फत प्रशंसा गरेको छ ।

 

 

ट्विटरमा लेखिएको छ, ‘हातमा बल लिएका जादूगर, कप्तानका विश्वासपात्र, दिल्ली डेयरडेभिल्सका सुपरस्टारको प्रगति अद्वितीय रहँदै आएको छ ।’ सँगै पोष्ट गरिएको सन्दीपको तस्बिरमा नेपालका कप्तान पारस खड्काले सन्दीपका बारेमा बोलेका प्रशंसाका शब्दहरु राखिएका छन्, जसमा भनिएको छ,

https://twitter.com/DelhiDaredevils

 

‘उ अद्वितीय छ, मानिसहरु उसले विकेट लेओस् भन्ने चाहन्छन् । समर्थकहरुको आशा अनुरुप प्रदर्शन गर्न सक्नु आफैंमा सजिलो काम होइन ।’ दिल्ली डेयरडेभिल्सले सन्दीपले खेलका हरेक खेलको प्रायः प्रशंसा गरिरहेको छ । गत सिजनको आइपीएलमा उनी दिल्लीमा ३२ लाख भारुमा अनुबन्ध भएका थिए ।

कमेन्ट गर्नुहोस्