९ सय किशोरीले आज रेडियो बहस गर्दै

काठमाडौं, असोज २५ । सातौं आन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर आज (असोज २५ गते) देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन् ।

 

 

किशोरीले सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा तिनको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेको पहलबारे जानकारी गराउने छन् ।

 

 

कार्यक्रममा ३ सय किशोरी एक दिनका लागि रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् । भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता अतिथिका रुपमा बहसमा सहभागी हुनेछन् । जसमा देशभरिका ९ सय किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्