नेकपाको जिल्ला कार्यदलले थाल्यो काम

नवलपरासी, असोज २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवन अर्थात साविक एमाले पार्टी कार्यालय भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

 

उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । कार्य दलका ज्येष्ठ सदस्य थानप्रसाद गैरेको अध्यक्षतामा बसेको सो बैठकले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जिल्लाका सातै स्थानीय तहमा छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

याे पनि पढ्नुस  प्रतिपक्षले डरले सरकारलाई घेराबन्दीमा पार्न खोज्योः नेता पौडेल

 

 

शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रमका लागि सातै स्थानीय तहमा विभिन्न नेतालाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको नेता गैरेले जानकारी दिए ।

 

 

नेकपा पश्चिम नवलपरासीको कार्यदललाई जिल्ला र जिल्ला मातहत गाउँपालिका तथा नगरपालिकामा पार्टी गतिविधि सञ्चालन गर्न, जिल्ला तहको भौतिक सम्पत्तिको अभिलेख तयार गरी एकीकरण गर्न र जिल्ला मातहतका कमिटीको एकतालाई पूर्णताका लागि सुझाव दिन समितिले निर्देशन दिइएको छ । -रासस

कमेन्ट गर्नुहोस्