काठमाडौं, असोज २५ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।
बुधबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बढेर बजारमा सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर बजारमा सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, बिहीबार पनि बजारमा चाँदीको मूल्य स्थिर नै रहेको छ ।
बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।