फ्लोरिडामा सय वर्षयताकै शक्तिशाली आँधी, १३ जनाको मृत्यु, सयौं घाइते

फ्लोरिडा, असोज २५ ।
अमेरिकाको फ्लोरिडा राज्यमा सय वर्ष यताकै शक्तिशाली आँधी आएको छ ।

२५० किलोमिटरको रफ्तारमा आएको माइकल नाम दिइएकको यो आँधीका कारण अहिलेम्म १३ जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् । बुधबार एक्कासी आएको आँधीका कारण सयौं घाइते भएको छन् ।

फ्लोरिडाका गभर्नर रिक सटले यो अकल्पनीय विनाश भएको प्रतिक्रिया दिएका छन्। उनले यो १०० वर्षको इतिहासमा सबैभन्दा बिनाशकारी आँधी भएको बताए।

गभर्नर स्कटले अकल्पनीय विध्वंसको चेतावनी दिँदै घरमा रहेका मानिसहरुलाई बाहिर ननिस्कन आग्रह गरेका छन्। फ्लोरिडाले आपतकालीन स्थितिको घोषणा गर्दै एक हप्ताका लागि सम्पूर्ण कार्यालयहरु बन्द गर्ने जनाएको छ ।

फ्लोरिडा आसपासका एलाबामा तथा जोर्जिया राज्यले पनि आपतकालीन स्थितिको घोषणा गरेका छन्। आँधीका कारण फ्लोरिडामा हजारौँलाई बसेको ठाउँबाट सर्न अनुरोध गरिएको थियो। तर, थुप्रै मानिस घरबाट निक्लन पाएका छैनन् ।

कमेन्ट गर्नुहोस्