नेपाली मजदुरका समस्या समाधान गर्न कतारमा संयुक्त अभियान सुरु

दोहा,असोज २६।कतारमा नेपाली मजदुरका समस्या प्रति दूतावासले चासो देखाउन छोडेको भन्दै मजदुर समस्या समाधानका लागि संयुक्त अभियान सुरु गरिएको छ।

विशेषगरि मानव तस्करी,ठगी र आजाद भिषाको नाममा नेपाली लाई कतार पुर्याइ अलपत्र पार्न गिरोहका विरुद्ध एक भएर लाग्न कतारमा रहेका ५ राजनीतिक दलका भातृ संगठनका प्रतिनिधि हरुले संयुक्त कार्यदल बनाइ काम सुरु गरेको कतार बाट बिबि खरालले जानकारी दिएका छन्।
रोजगारीका लागि कतार पुगेका धेरै नेपालीहरु दलाल बाट ठगिदा समेत दूतावासले ठोस कदम नचाले पछी आफुहरुले संयुक्त अभियान संचालन गरि दलाल विरुद्ध लड्न लागेको खरालको भनाइ छ।

बिहिवार कतारको राजधानी दोहा स्थित तरबारगेट नजिक रहेको बम्बे चौपाटी रेस्टुरेन्टमा विभिन्न संगठनका प्रतिनिधि सहितको भेलाले ७ जनाको कार्यदल गठन गरेको छ । उक्त भेलामा मजदुरहरुको आवाज उठाइरहने मजदुर नेता बि बि खराल नेकपाका प्रतिनिधि रामहरि गैरे,पुर्ब एमाले प्रबासी मंचका अध्यक्ष ,उपाध्यक्ष अब्दुल मिया ,संघीय समाजबादी फोरमका नेता हिराधन राई ,नयाँ शक्ती पार्टीका अध्यक्ष देब परियार ,बिबेकशिल साझाका कतार अध्यक्ष सुरेश आश्रति भट्ट ,नेकपा बिप्लब जनप्रगतिशिल मोर्चाका माहसचिब जेपि किशोर यादब,जिफन्ड कतारका मजदुर संगठनका अध्यक्ष बसन्त बिक , जनप्रगतिशिल मोर्चाका सल्लाहकार संयोजक रमेश गिरि ,नयाँ शक्ति कतारका सल्लाहकार दोय शिशिर सुवेदी ,ध्रुब क्षेत्री सहित२१ जनाको उपस्थिती रहेकोे थियो।

भेलाले एक कमिटी गठन गरि उक्त कमिटीलाई मजदुर समस्या पहिचान त समाधान अभियानको रूपमा संचालन गर्न जानकारी दिएको छ।
कमिटीले नेपाल सरकार ,नेपाली दूतावास र सरोकारवाला निकाए लाई कतारमा कार्यरत मजदुरको अवस्था र समस्या बारे जानकारी गराउदै समस्या समाधानको लागि तत्काल पहल गराउने जनाएको छ।

कमेन्ट गर्नुहोस्