दश महिनादेखि मनाङ जनप्रतिनिधिविहीन

काठमााडौं, असोज २६ । काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसद छिर्ने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ‘ख’ भने हालसम्म जनप्रतिनिधिविहीन छ ।

 

 

निर्वाचनको एक बर्ष नबित्दै कायम रहेका जनप्रतिनिधिलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्ने चर्चा चलिरहँदा मनाङ ख भने निर्वाचनयता रित्तै छ ।मनाङ ‘ख मा निर्वाचन त भयो तर त्यहाँबाट निर्वाचित प्रदेशसभा सदस्यले सपथग्रहण गर्न पाएनन् ।

 

 

गत बर्ष मंसिर १० गते मनाङमा निर्वाचन भएको थियो । निर्वाचन भएर मतपरिणाम घोषणा भए पनि त्यहाँबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे सपथग्रहण गर्नुअगावै कारागार पुगे । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्