१०६ कर्मचारीलाई कारबाहीको लागि सिफारिस

काठमाडौं, असोज २६ । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो ।

 

 

ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ।

 

 

निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्