नवलपरासीकाे दाउन्नेमा सडक अवरुद्द, दसैँमा घर हिडेका यात्रु २२ घण्टादेखि अलपत्र !

काठमाडौं, असोज २६ ।

पूर्व–पश्चिम महेन्द्रअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक अवरुद्द हुँदा २२ घण्टादेखि  यात्रुहरु अलपत्र परेका छन् ।

बिहीबार दिउँसो ३ बजे दाउन्नेको घिउखोलामा भुस बोकेको ट्रक राजमार्गमा पल्टिएर सडक अवरुद्द हुँदा जामका कारण यात्रुहरु अलपत्र परेका हुन् । हिजाेदेिख अवरुद्द भएकाे राजमार्ग अहिलेसम्म खुल्न सकेकाे छैन । दसैँकाे समयमा काठमाडाैँलगायत अन्य ठाउँबाट घर जान हिडेका यात्रु बाटाेमै अपलत्र पर्दा अाेक्राेसित बनेका छन् ।

कमेन्ट गर्नुहोस्