टी-२० विश्वकप छनोट : नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडाै‍ँ, असाज २६ ।

टी–२० विश्वकप छनोट एसिया क्षेत्र ए को उपाधिको लागि नेपालले सिंगापुर बिरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।

सात टोली सम्मिलित प्रतियोगितामा कुनै फाइनल खेल नभएको र लिग चरणको खेलमा जुन टोली प्रथम हुन्छ उसले नै उपाधि जित्ने छ ।
आजको नेपाल र सिंगापुर बिचको खेल अघोषित फाइनल खेल हो ।

खेल पाँच खेल खेलेको नेपाल १० अंक सहित अंक तालिकाको पहिलो स्थानमा छ भने पाँच खेलमा नै १० अंक जोडेको सिंगापुर नेट रनरेटका आधारमा दोश्रो स्थानमा छ । आजको खेलमा जित निकाल्ने टोलीले एसिया क्षेत्र छनोट ए को उपाधि माथि कब्जा जमाउने छ ।

आजको खेलमा नेपालले प्रदिप ऐरी, आरिफ शेख र ललित सिंह भण्डारीलाई बिश्राम दिएको छ ।

कमेन्ट गर्नुहोस्