नेकपाका नेता कुँवरलाई पितृशोक

काठमाडौं, असोज २६ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बझाङका नेता मिनबहादुर कुँवर (विश्वास) लाई पितृ शोक परेको छ । उनका पिता विष्णुबहादुर कुँवरको ६३ वर्षको उमेरमा सहिद गंगालाल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

एकसाता देखि मुटु सम्बन्धि रोगबाट पीडित कुँवर गंगालाल हस्पिटलमा उपचारार्थ थिए । नेता कुँवर तत्कालिन नेकपा माओवादी (केन्द्र) का बझाङ जिल्ला संयोजक हुनहुनुहुन्थ्यो । मृतक कँवरको आज‌ै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेकपाका सदस्य समेत रहेका मृतक कुवँरको पार्थिव शरिरमा पुर्वमन्त्री लेखराज भट्टले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

कमेन्ट गर्नुहोस्