रोजगारमूलक काममा लाग्नेलाई प्रोत्साहन गर्छौँ : कृषिमन्त्री

चितवन, असोज २६ । प्रदेश नं.३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले स्वेदशमा रोजगारमूलक काममा लाग्ने व्यक्तिलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन् ।

देश सरकारले यस वर्षमात्रै एक हजार चार सय ५० जनालाई सीपमूलक तालिम दिने तयारी गरेको मन्त्री लामाले बताऐ ।

शुक्रबार चितवनको भरतपुरमा सिनर्जी मिट मार्टको उद्घाटन गर्दै मन्त्री लामाले प्रदेश ३ मा प्रशस्त सम्भावनाहरु भएको ठाउँ भएकाले यहाँ नहुने भन्ने केही पनि नभएको बताए । युवाहरु बेरोजगार नहोस् र विदेश पलायन नहुन् भन्ने उद्देश्यले युवाहरुले रोजेकै विषयमा उनीहरु त्यस विषयमा दक्ष हुने गरी स्थानीय सरोकारवालासँगको सहकार्यमा तालिम प्रदान गरिने लामाले बताए ।

बाइट… दावादोर्जे लामा, मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी (प्रदेश ३)

भरतपुर १० मा सुधनराज जोशीले करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याउनुभएको मिट मार्टमा ८ जना व्यक्तिले प्रत्यक्षरुपमा रोजगार पाएका छन् ।

मानव स्वास्थ्यलाई ख्याल गर्दै अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको मासु बिक्री गर्ने जोशीले बताए । आफ्नै भवनबाट सञ्चालनमा आएको सिनर्जी मिट मार्टले हाँस, स्थानीय तथा ब्रोइलर जातका कुखुरा, खसीको मासु तथा कुखुराको अण्डाको साथै ससेज, सी फुडलगायतका खाद्य सामग्री बिक्री वितरण गर्ने जोशीको भनाइ छ । मार्टमा कुखुराको मासु २ सय ६० रुपैयाँ प्रतिकिलो, खसीको मासु ८ सय रुपैयाँ तथा बोसोरहित खसीको मासु आठ ५० रुपैयाँ प्रति किलोमा बिक्री वितरण गरिने जोशीले बताए ।

कमेन्ट गर्नुहोस्