काठमाडौँ, असोज २६ ।
राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले बडादशैँका उपलक्ष्यमा समस्त नेपालीमा सुस्वास्थ्य, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले शुक्रबार शुभकामना सन्देशमार्फत यस पर्वले मुलुकमा आपसी सद्भाव तथा भाइचारा अभिवृद्धिका साथै दिगो विकासमा गति लिने विश्वास व्यक्त गरेका छन् । रासस