युएईमा सप्पन्न दोश्रो एनएसजी फुटबल कपको उपाधि जनसंपर्क समितिलाई

युएई,असोज २६।एनएसजी दोश्रो बडादशैं कप २०७५ फुटबल प्रतियोगिताको उपाधि जनसंपर्क समितिले (आईक्याड-एफसी) हासिल गरेको छ ।

नेप्लिज स्पोर्ट्स क्लबद्वारा युएईको रस अल खेमामा आयोजित प्रतियोगितामा बिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद ५ हजार ५ सय ५५ दिराम्स ( १ लाख ७० हजार रुपैंया ) प्राप्त गरेको छ । आयोजकका अनुसार युएईमा आयोजना हुने कार्यक्रमहरु मध्ये हालसम्मकै ठुलो राशि पुरस्कार भएको कार्यक्रम रहेको छ।

यसैगरी दुबईको युनाईटेड एफसी उपविजेता बनेको छ । युनाईटेड एफसीले कप, मेडल र प्रमाणपत्र सहित ३ हजार ३ सय ३३ दिराम्स ( १ लाख रुपैंया) प्राप्त गरेको छ ।

याे पनि पढ्नुस  युएई बाट कोमामा फर्किए जित बहादुर

प्रतियोगितामा जनसंपर्कका बादल घिसिंग उत्कृष्ट खेलाडि घोषित भएका छन् । उपाधिसँगै उनले दुबई काठमाण्डौको दुईतर्फी हवाई टिकट प्राप्त गरे । रास्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्स युएईका लागि कन्ट्री म्यानेजर टीकाराम पंगेनीले उक्त टिकट हस्तान्तरण गरेका थिए ।

यसैगरी उत्कृष्ट गोलकीपर जनसंपर्ककै सोबी तामांग भए । तामाँग फाईनल खेलको उत्कृष्ट खेलाडी समेत घोषित भए।सबै भन्दा बढी गोल गर्ने खेलाडीहरुमा आयोजक टीमका उज्वल श्रेष्ठ र काष्ठमण्डप क्लबका मोहन श्रेष्ठ रहेका छन् । फेयर प्लेयर टीमको उपाधि नेप्लिज स्पोर्ट्स क्लबले जितेको छ । प्रतियोगितामा युएईभरीका १६ टीमको सहभागिता रहेको थियो ।

याे पनि पढ्नुस  युएईमा एक नेपालीले गरे आत्महत्या

प्रमुख अतिथि नेपाली दुताबासका श्रम काउन्सिलर भेष बहादुर कार्की र बिशेष अतिथिका रुपमा उपस्थित रसअल खेमा राज्यका क्लब डाईरेक्टर अली हसन अलमन्सुरीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली दुताबासका श्रम सहचारी मोतीराम भुसालको बिशेष आतिथ्यता रहेको थियो ।यस्तै अर्को अथितिका रूपमा डिस्कोभरी रोयल स्पोर्ट्स एल.एल.सिका प्रबन्ध निर्देशक ओम उप्रेतीको पनि  उपस्थिती रहेको थियोे।

याे पनि पढ्नुस  यूएइले फोहोरबाट उर्जा उत्पादन गर्न नेपाललाई १ अर्ब १३ करोड दिने

नेप्लिज स्पोर्ट्स क्लब रस अल खेमाका अध्यक्ष किशोर शाक्यले खेलकूद प्रतियोगिताले नेपाली समाजमा भाईचारा बृद्दी हुने बिश्वास ब्यक्त गरे । कार्यक्रम संयोजक रेशम लामाले आगामी दिनहरुमा पनि यस किसिमका प्रतियोगिताहरु आयोजना गरिने भन्दै उपस्थित र सहभागी सबै खेलाडीहरुलाई धन्यबाद ज्ञापन गरे।

कमेन्ट गर्नुहोस्