रेड स्टारले पीएसजीसँग हार्न ‘म्याच फिक्सिङ’ गरेको आरोप

एजेन्सी । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रेड स्टार बेलग्रेडबीचको खेलमा म्याच फिक्सिङ भएको हुनसक्ने भन्दै फ्रेन्च अधिकारीले अनुसन्धान थालेका छन् ।

 

 

फ्रेन्च पत्रिका ला इक्विपलाई उद्धृत गर्दै बीबीसीले रेड स्टारका अधित्रकारीले पाँच मिलियन युरोमा पीएसजीसँग ५ गोलले हार्न म्याच फिक्सिङ गरेको बताएको छ । दुवै क्लबले आरोपको खण्डन गरेका छन् ।

 

 

च्याम्पियन्स लिगमा समहू सीमा तेस्रो स्थानमा रहेको छ । समान तीन अंक भएको लिभरपूल दोस्रो स्थानमा छ । एक अंकसहित रेड स्टार समूहको पुछारमा रहेको छ भने नेपोली चार अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

 

 

अक्टोबर ३ मा पेरिसमा भएको खेलमा ब्राजिलियन स्टार नेइमारले रेडस्टारसँगको खेलमा ह्याट्रिक गरेका थिए । त्यस्तै इडिन्सन काभानी र एञ्जेल डि मारियाले एक–एक गोल गरेका थिए ।

 

 

दोस्रो हाफमा मार्को मरिनले रेड स्टारका लागि एक गोल गरेका थिए । सर्बियन क्लब रेड स्टारले युरोपियन फुटबल महासंघले गर्न लगाएको अनुसन्धानले आफ्नो क्लबको इज्जत र मान गुम्ने भन्दै आपत्ति जनाएको छ । यता पीएसजीले पनि पुरै खेल नियम अनुसार नै भएको र पीएसजीले खेलेर नै जितेको बताएको छ ।

कमेन्ट गर्नुहोस्