गुर्जा हिमाल आरोहणमा गएका ५ विदेशीसहित ४ नेपालीको मृत्यु

म्याग्दी, असोज २७ । जिल्लाको धौलागिरी गाउँपालिका-१ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना दक्षिण कोरियाली र ४ जना नेपालीको हिमआँधीमा परी मृत्यु भएको छ ।

 

 

दुर्घटनामा परी टिम लिडर किम च्याङ हो समेत चार जना दक्षिण कोरियाली र चार जना नेपालीको मृत्यु भएको घटनास्थलबाट गाइड लाक्पा शेर्पाले बताए ।

 

 

दुर्घटनामा भरिया भएर गएका धौलागिरी गापा-१ गुर्जाका नेत्र छन्त्यालको पनि मृत्यु भएको छ । पर्यटन विभागबाट जारी पर्वतारोहण अनुमति पत्रमा उल्लेखित आरोही र सहयोगी समेतको टिमको नामावली र दुर्घटनामा परेका मृतकको विवरण मिलेको छैन ।

 

 

‘बेस क्याम्पमा २५ गते राति आएको हिमआँधीले बसेको टेन्टसहित पर्यटकलाई गुटुमुटु पारेर उडाउँदा सबैको मृत्यु भएको हो । को(को जीवित छन्, कसको मृत्यु भयो सनाखत गरिरहेको छु,’ गुर्जाबाट गाईड शेर्पाले भने ।

कमेन्ट गर्नुहोस्