कांग्रेस नेता चक्र बास्तोलाको निधन

काठमाडौं, असोज २७ । कांग्रेसका नेता चक्र बास्तोलाको निधन भएको छ । ६ वर्षदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बास्तोलाको शनिबार दिउँसो न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो ।

 

 

उनको शवलाई अहिले खुमलटारस्थित निवासमा लगिएको छ । ०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दा गर्दै लडेका नेता बास्तोलालार्इ मस्तिष्कघात भएको थियो।

 

 

बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए । कुनै समय कांग्रेसको खम्बा मानिने बास्तोलाले वीपी र गिरिजाप्रसादलाई संकटमा सधैं साथ दिँदै आएका थिए ।

कमेन्ट गर्नुहोस्