अफगानिस्तान प्रिमियर लिगमा सन्दीपले पाएनन् स्थान ! [LIVE]

काठमाडौं, असोज २७ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिगमा पाँच खेल गुमाएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले छैठौं खेलमा स्थान ओगट्न असफल भएका छन् ।

 

आज भइरहेको खेलमा सन्दीपले स्थान पाउन सकेनन् । मलेसियामा सम्पन्न टि-ट्वान्टी विश्वकप छनोटमा सर्वाधिक विकेट लिएका सन्दीपले आज भने खेल्न पाएनन् ।

आज उनको टिमले कान्दाहार नाइडसँग खेलिरहेको छ । सन्दीप आवद्ध टिम लियोपार्ड अंक तालिकाको चौथो नम्बरमा छ । आज सन्दीपको टिमले टस हारेर फिल्डीङको मौका पाएको छ ।

 

 

सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान छन्।

 

आइपीएलमा २० लाख भारू आर्थात नेपाली ३२ लाख रुपैयाँबाट अन्तर्राष्ट्रिय लिगमा ब्यवसायीक क्रिकेट खेलेका सन्दीपलाई अन्तर्राष्ट्रिय लिग प्रतियोगिता खेल्न भ्याइ नभ्याई रहेको छ।

 

 

आइपीएलपछि ग्लोबल टी-२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए । क्यानडा प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिगमा (सीपीएल) ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमिक पाएका थिए ।

 

 

अफगानिस्तानप्रिमियर लिग (एपीएल) १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमाअनुबन्ध भई सकेका सन्दीपलाई केरला ले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ।

कमेन्ट गर्नुहोस्