लोकसेवामा कसरी निकाल्ने नाम ? उपसचिव उपाध्यायको अनुभव यस्तो छ

काठमाडौं, असोज २९ । बझाङ जिल्लाको सामान्य स्कुलबाट एसएलसी दिएको विद्यार्थी । आजको दिनसम्म म टप थ्रीमा पर्न नसकेको औसत विद्यार्थी हुँ । तर, मैले लोकसेवा आयोगको परीक्षा भने पहिलो प्रयासमै उत्तीर्ण गरेँ ।मास्टर तहको पढाइ सकेर म निजी क्षेत्रको जागिरमा डडेल्धुरामा थिएँ ।

 

 

गोकर्ण उपाध्याय उपसचिव
०६६ सालमा मलाई निजामती सेवामा प्रवेश गर्ने चाहना पलायो । त्यसपछि मैले कुन तहबाट निजामतीमा छिर्ने भनेर खरदार, सुब्बा र अधिकृत तीनै तहको सेलेबस हेरेँ । त्यहाँ अरूभन्दा अधिकृतको पेपर सजिलो लाग्यो । त्यसमा बढी लेख्ने विषय थियो ।

 

 

म धेरै घोक्न सक्दिनँ, तर बुझेर त्यसअनुसार राम्रोसँग लेख्न सक्थे । मैले पढाइको तयारी पनि करिब चार महिनाअघिबाट मात्र गर्न थालेको हुँ । त्यतिवेला म काठमाडौंबाहिर थिएँ । सेलेबसअनुसारका थोरै किताब किने । र बाँकी कुराचाहिँ म नेटबाट खोजेर पढ्थे ।

पढ्दा ध्यान दिएको पक्ष

लोकसेवा तयारी गर्दा मैले घोक्ने काम गर्दै गरिनँ । म हरेक विषयलाई गहिराइसम्म पुगेर बुझ्ने कोसिस गर्थे। विषयवस्तुको मर्म र अर्थ बुझेपछि त्यसलाई चित्र वा ग्राफ बनाएर पढ्थेँ । त्यसरी पढ्दा स्मरण भइरहन्थ्यो ।

 

 

विषयवस्तुसँग सम्बन्धित विद्वान्, लेखकहरूको कोड भने घोक्थेँ । यस्तै संविधानका धारा, ऐन, नियमावलीका प्वइन्ट भने घोक्नैपर्ने हुन्थ्यो, घोक्थेँ । तर, सैद्धान्तिक विषयसँग सम्बन्धित बुँदा घोक्ने काम नै गरिनँ ।

 

 

पाठ्यसामग्री छनोट गर्दा पाठ्यक्रमलाई आधार माने । मैले धेरै पुस्तक पनि कलेक्सन गरेको होइन । बजारबाट एकथरी किताब संकलन गरेपछि बाँकी विषय इन्टरनेटमा खोजेर पढेँ । लोकसेवा आयोगका लागि कसरी पढ्नुपर्ने हो, के-के सामग्री छ भन्ने थाहा थिएन । त्यही भएर पनि मैले इन्टरनेटबाट पाठ्यसामग्री संकलन र अध्ययन गरे ।

 

 

पढ्ने तरिका

म बेलुका अबेरसम्म पढ्थे । पढ्दा विषयवस्तुलाई गहिराइमा बुझ्ने र त्यसलाई चित्र बनाउने गर्थेँ । अन्तिम-अन्तिममा पुगेपछि महत्वपूर्ण लागेका विषयको मुख्य-मुख्य बुँदालाई नोट बनाएर पढ्थेँ । र एउटा पुस्तकलाई आधार मान्ने र त्यससँग सम्बन्धित धेरै सामग्री पढ्थेँ ।

 

 

जस्तो विश्वव्यापीकरणको सन्दर्भमा अध्ययन गर्दा एउटा पुस्तकलाई त आधार मान्थेँ, त्यसपछि इन्टरनेटमा कसले के लेखेको छ त्यो पनि पढ्थे। र त्यसको ओरिजिनल स्रोतमा गएर पनि पढ्थेँ । त्यसो गर्दा बुझाइमा सहजता र स्पष्टता हुन्थ्यो ।

परीक्षा हलमा छिरेपछि

सुरुमा १० मिनेटसम्म हात नै चलेन । हात काँपिरहेको हुन्थ्यो । लेख्न थालेपछि म प्रश्नपत्रको सुरुदेखिका प्रश्नलाई क्रमशः हल गर्दै जान्थे । धेरै साथीले सुरुमा सजिलो प्रश्नको उत्तर लेख्ने, पछि अप्ठेरो प्रश्न हल गर्ने गर्नुहुन्छ । तर, मैले त्यस्तो गरिनँ । सजिलो र अप्ठेरो जे भए पनि क्रमशः हल गर्दै जान्थे र सबै प्रश्न हल गर्नमा ध्यान दिन्थे ।

 

 

सजिलो प्रश्न हल गर्न थाल्दा बढी जानेको छ भनेर आवश्यकभन्दा बढी लेखिन्छ र अप्ठेरो लागेको प्रश्नका हल गर्न समय पुग्दैन । लेख्नुपर्ने विषय पनि लेख्न भ्याइँदैन । त्यसकारण मैले लोकसेवाको परीक्षा दिँदा क्रमशः लेख्दै जाने गरेको छु ।

प्रश्नको हल गर्दा

प्रश्नका हल गर्दा पनि मैले सकेसम्म मौलिकतामा जोड दिने गरेको छु । म लेख्नैपर्ने परिभाषा, विद्वान्को भनाइ, तथ्यांकबाहेक हुबहु लेख्न सक्दिनँ ।

 

 

बाँकी कुराहरू जानेका आधारमा मौलिक रूपमा लेख्थे । छोटो गरी बुलेटमा लेखेको थिएँ । व्याख्या गर्न थाल्दा बहकिएर बढी लेख्न थालिने हुँदा बुँदा लेख्थे । आवश्यक पर्दा बुँदालाई थोरै व्याख्या पनि गर्थे।

 

 

काठमाडौं, असोज २९ । बझाङ जिल्लाको सामान्य स्कुलबाट एसएलसी दिएको विद्यार्थी । आजको दिनसम्म म टप थ्रीमा पर्न नसकेको औसत विद्यार्थी हुँ । तर, मैले लोकसेवा आयोगको परीक्षा भने पहिलो प्रयासमै उत्तीर्ण गरेँ ।मास्टर तहको पढाइ सकेर म निजी क्षेत्रको जागिरमा डडेल्धुरामा थिएँ ।

 

 

गोकर्ण उपाध्याय उपसचिव
०६६ सालमा मलाई निजामती सेवामा प्रवेश गर्ने चाहना पलायो । त्यसपछि मैले कुन तहबाट निजामतीमा छिर्ने भनेर खरदार, सुब्बा र अधिकृत तीनै तहको सेलेबस हेरेँ । त्यहाँ अरूभन्दा अधिकृतको पेपर सजिलो लाग्यो । त्यसमा बढी लेख्ने विषय थियो ।

 

 

म धेरै घोक्न सक्दिनँ, तर बुझेर त्यसअनुसार राम्रोसँग लेख्न सक्थे । मैले पढाइको तयारी पनि करिब चार महिनाअघिबाट मात्र गर्न थालेको हुँ । त्यतिवेला म काठमाडौंबाहिर थिएँ । सेलेबसअनुसारका थोरै किताब किने । र बाँकी कुराचाहिँ म नेटबाट खोजेर पढ्थे ।

 

 

पढ्दा ध्यान दिएको पक्ष

लोकसेवा तयारी गर्दा मैले घोक्ने काम गर्दै गरिनँ । म हरेक विषयलाई गहिराइसम्म पुगेर बुझ्ने कोसिस गर्थे। विषयवस्तुको मर्म र अर्थ बुझेपछि त्यसलाई चित्र वा ग्राफ बनाएर पढ्थेँ । त्यसरी पढ्दा स्मरण भइरहन्थ्यो ।

 

 

विषयवस्तुसँग सम्बन्धित विद्वान्, लेखकहरूको कोड भने घोक्थेँ । यस्तै संविधानका धारा, ऐन, नियमावलीका प्वइन्ट भने घोक्नैपर्ने हुन्थ्यो, घोक्थेँ । तर, सैद्धान्तिक विषयसँग सम्बन्धित बुँदा घोक्ने काम नै गरिनँ ।

 

 

पाठ्यसामग्री छनोट गर्दा पाठ्यक्रमलाई आधार माने । मैले धेरै पुस्तक पनि कलेक्सन गरेको होइन । बजारबाट एकथरी किताब संकलन गरेपछि बाँकी विषय इन्टरनेटमा खोजेर पढेँ । लोकसेवा आयोगका लागि कसरी पढ्नुपर्ने हो, के-के सामग्री छ भन्ने थाहा थिएन । त्यही भएर पनि मैले इन्टरनेटबाट पाठ्यसामग्री संकलन र अध्ययन गरे ।

 

 

पढ्ने तरिका

म बेलुका अबेरसम्म पढ्थे । पढ्दा विषयवस्तुलाई गहिराइमा बुझ्ने र त्यसलाई चित्र बनाउने गर्थेँ । अन्तिम-अन्तिममा पुगेपछि महत्वपूर्ण लागेका विषयको मुख्य-मुख्य बुँदालाई नोट बनाएर पढ्थेँ । र एउटा पुस्तकलाई आधार मान्ने र त्यससँग सम्बन्धित धेरै सामग्री पढ्थेँ ।

 

 

जस्तो विश्वव्यापीकरणको सन्दर्भमा अध्ययन गर्दा एउटा पुस्तकलाई त आधार मान्थेँ, त्यसपछि इन्टरनेटमा कसले के लेखेको छ त्यो पनि पढ्थे। र त्यसको ओरिजिनल स्रोतमा गएर पनि पढ्थेँ । त्यसो गर्दा बुझाइमा सहजता र स्पष्टता हुन्थ्यो ।

 

 

परीक्षा हलमा छिरेपछि

सुरुमा १० मिनेटसम्म हात नै चलेन । हात काँपिरहेको हुन्थ्यो । लेख्न थालेपछि म प्रश्नपत्रको सुरुदेखिका प्रश्नलाई क्रमशः हल गर्दै जान्थे । धेरै साथीले सुरुमा सजिलो प्रश्नको उत्तर लेख्ने, पछि अप्ठेरो प्रश्न हल गर्ने गर्नुहुन्छ । तर, मैले त्यस्तो गरिनँ । सजिलो र अप्ठेरो जे भए पनि क्रमशः हल गर्दै जान्थे र सबै प्रश्न हल गर्नमा ध्यान दिन्थे ।

 

 

सजिलो प्रश्न हल गर्न थाल्दा बढी जानेको छ भनेर आवश्यकभन्दा बढी लेखिन्छ र अप्ठेरो लागेको प्रश्नका हल गर्न समय पुग्दैन । लेख्नुपर्ने विषय पनि लेख्न भ्याइँदैन । त्यसकारण मैले लोकसेवाको परीक्षा दिँदा क्रमशः लेख्दै जाने गरेको छु ।

 

प्रश्नको हल गर्दा

प्रश्नका हल गर्दा पनि मैले सकेसम्म मौलिकतामा जोड दिने गरेको छु । म लेख्नैपर्ने परिभाषा, विद्वान्को भनाइ, तथ्यांकबाहेक हुबहु लेख्न सक्दिनँ । बाँकी कुराहरू जानेका आधारमा मौलिक रूपमा लेख्थे । छोटो गरी बुलेटमा लेखेको थिएँ । व्याख्या गर्न थाल्दा बहकिएर बढी लेख्न थालिने हुँदा बुँदा लेख्थे । आवश्यक पर्दा बुँदालाई थोरै व्याख्या पनि गर्थे। -नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्