४ दिनमा ‘छक्कापञ्जा ३’ ले कमायो ४ करोड !

काठमाडौं, सोज २८ । चलचित्र छक्का पञ्जा ३ ले अहिले पनि आक्रमक व्यापार गरिरहेको छ । सिनेमा घरहरुमा चलचित्र हेर्न आउने दर्शकको कमी भएको छैन । लामो लाइन बसेरै भए पनि चलचित्र हेर्न दर्शकहरु उत्साहित छन् । चलचित्र घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको हो ।

 

 

शनिबार बिदाको दिन भएका कारण पनि देशै भरका अधिकांश चलचित्र घरमा दर्शकको ओइरो लागेको थियो । शनिबार चलचित्र छक्का पञ्जा ३ उपत्यकाका ५ वटा क्युएफएक्स अन्तर्गत ३२ शो भएको थियो भने पाएका सबै शो हरुले हाउसफुल व्यापार गरेको थियो ।

 

 

बुधवार, विहीबार र शुक्रबारको तुलनामा शनिबारको व्यापार अझ बढेको निर्माण युनिटले बताएको छ । चलचित्रले ४ दिनमा ४ करोडमाथिको ग्रस कलेक्सन गरेको चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्