धनगढीमा रवि वडलाई भव्य स्वागत

कैलाली, असोज २८ । जारी नेपाल आइडल सिजन २ मा सुदूरपश्चिमबाट सहभागिता जनाएर चर्चा बटुलिरहेका रवि वड शनिबार धनगढी पुगेका छन् । उनी शनिबार साँझ धनगढी पुगेका हुन् । उनलाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

 

 

पौने ७ बजे धनगढी विमानस्थलमा पुगेका वडलाई स्वागत गर्न कैलाली र कञ्चनपुरबाट ठूलो सङख्यामा समर्थकहरु पुगेका थिए। सर्वाधिक रुचाइएको ‘सांगितीक रियालिटी सो’ नेपाल आइडल सिजन-२ मा सुदूरपश्चिमबाट रवि एक मात्र प्रतिस्पर्धी हुन् ।

याे पनि पढ्नुस  मेयरमा उम्मेदवारी दिएका सातजनाको जमानत जफत

 

 

अहिले रविको चर्चा सुदूरपश्चिममा मात्रै होइन, नेपालमा मात्र पनि होइन उनको चर्चा विदेशमा पनि शिखरमा छ । सुमधुर स्वरका धनी रविले नेपाल आइडलमा आफ्नो जादूमय आवाजले सबैको ध्यान तानेका छन् । र, उनको यात्रा निरन्तर बढिरहेको छ ।

 

 

रवि आइडलको टप ९ मा पुग्न सफल भएका छन् । बिहीबार उनले टप ९ मा पुग्नका लागि भोटको अपिल गरेका थिए । शुक्रबार सार्वजनिक नतिजाअनुसार रविको यात्रा अगाडि बढेको छ । अर्थात्, उनी उत्कृष्ट ९ प्रतिस्पर्धीभित्र स्थान बनाउन सफल भएका छन् ।

याे पनि पढ्नुस  बाजागाजासहित रविलाई धनगढीमा भव्य स्वागत

 

रविको चर्चा दिनहुँ चुलिदो छ । विशेष गरी उनका समर्थक सुदूरपश्चिमका बढी छन् । हुनत उनी नै सुदूरपश्चिमको हुन् त्यसकारण पनि रविको चर्चा सुदूरपश्चिममा व्यापक छ । तिनै चर्चाको शिखरमा पुग्न सफल रवि वड आज सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी पुगेका छन् । उनले यहाँ आफ्ना समर्थक तथा आफन्तलाई भेट्ने बताइएको छ ।

याे पनि पढ्नुस  धनगढीमा क्षेत्रीय शहरी विकास आयोजनाः संरचना आफैं हटाउने घरधनीलाई सम्मान गर्ने योजना

 

 

आइडलको पहिलो चरणदेखि नै दमदार प्रस्तुति दिदैं आएका रविले अब गृह क्षेत्रमा भोटका लागि अपिल पनि गर्ने छन् । आगामी यात्रा सुनिश्चित गर्न धनगढीलगायत त्यहाँका विभिन्न शहरमा रवि समर्थकसँग भेटघाट गर्ने बताइएको छ । उनी सुदूरपश्चिममा झण्डै हप्तादिन बस्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्