एनआरएनएद्वारा वैदेशिक लगानीको सदुपयोग गर्ने ठोस रणनीति तयार

काठमाडौं, असोज २८ र।

वैदेशिक लगानीको सदुपयोग गर्ने ठोस रणनीति बनाउँदै गैरआवासीय नेपाली संघ एनआरएनएको विज्ञ सम्मेलन आइतबार सकिँदै छ ।

विदेशमा रहेका नेपालीहरुको ज्ञान सीप र पूँजीलाई एकीकृत गरी ठोस रणनीतिक योजना तयार गर्न लागिएको एनआरएनएले जनाएको छ । सम्मेलनबाट आएको निष्कर्षलाई स्वेतपत्रका रुपमा सरकारलाई बुझाइने विज्ञ सम्मेलनका एनआरएनएका उपाध्यक्ष कुमार पन्तले जानकारी दिए ।

यसअघि १० अर्बको संयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएको एनआरएनएले सम्मेलनबाट ठोस निर्णय गर्ने पन्तले बताए । विदेशमा सिकेको ज्ञान सीप पूँजीका साथै लगानी र प्रविधि भित्र्याउने विषयमा सम्मेलनले विशेष रणनीतिक योजना बनाउने बताइएको छ । स्थापनाको १५ वर्षमा एनआरएनएले ठूला ठूला महत्वकांक्षी घोषणा गरेपनि आर्थिक समृद्धि र रोजगारी सृजना गर्ने सवालमा ठोस परिणाम आउन नसकेको भन्दै आलोचना भने भइरहेको छ । यद्यपी संयोजक पन्तले भने संस्थागत र निजी तवरबाट समेत उल्लेख्य काम गरिरहेको दावी गरे ।

भूकम्पपछिको पुनर्निर्माण, गोरखाको लाप्राका एकीकृत बस्तीसँगै निजी तर्फबाट स्वास्थ्य, वित्तिय क्षेत्र र पर्यटन क्षेत्रमा एनआरएनएले उल्लेख्य लगानी गरिरहेको उपाध्यक्ष पन्तले बताए । पहिलो पटक आयोजना गरिएको विज्ञ सम्मेलन अब प्रत्येक २र२ वर्षमा गरिने संघले जनाएको छ । ३ दिने सम्मेलनका क्रममा खासगरी ऊर्जा, पर्यटन र कृषिसँग सम्बन्ध्ति विभिन्न १ सय ६० कार्यपत्रमा छलफल जारी छन् ।कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्