दशैंतिहारको विशेष अफरः बैंकहरुले ग्राहकलार्इ विभिन्न योजना सार्वजनिक !

काठमाडौं, असोज २८ ।

दशैं–तिहारको अवसरमा बैंकहरुले आफ्ना ग्राहकलाई विभिन्न अफर प्रस्तुत गरेका छन् ।

बैंकहरुले दशै, तिहार, छठ पर्वलगायतको चाडपर्वलाई लक्षित गरी विभिन्न योजनाहरु सर्वजानिक गरको हुन् । बैंकहरुले सार्वजनिक गरेका योजनाहरुले निक्षेपकर्ताहरुलाई आकर्षित गराउन चाँदीको सिक्का देखि निक्षेपको १० गुणा बीमाको ग्यारेन्टी सम्मका योजनाहरु सार्वजनिक गरेका छन् । बैंकहरुबीच यस्ता योजना मार्फत ग्राहक र निक्षेप तान्न तीव्र प्रतिपर्धा भएको देखिन्छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयाँ गाडी कर्जा योजना शुभारम्भ गरेको छ । गाडीको मुल्यको बढीमा ६५ प्रतिशत वा ५० लाख मध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गर्ने बैंकले जनाएको छ । कर्जा अवधि ५ वर्षसम्म भएमा ९ प्रतिशत र ५ वर्षभन्दा बढी कर्जा अवधि भएमा ९.५० प्रतिशत ब्याजदर लागू हुने योजना रहको छ ।

बढीमा सात वर्षसम्म कर्जा अवधि रहने यो योजना २०७५ कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशियाले न्यु प्रिमियम समुन्नति बचत खातामा बार्षिक ७ प्रतिशत ब्याजदर दिने योजना दशैको उपलक्ष्यमा प्रस्तुत गरेको छ । बैंकको यस योजना अन्र्तगत खाता खोल्दा ५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा व्यवस्था रहेको छ । यस्तै देशभरका कुनैपनि बैंकको एटिमबाट निशुल्क रकम निकाल्न सकिने पनि जनाएको छ ।

होम बैंकिङ्गको सुविधा अनलाईनवाट खाता खोल्दा भिजा डेभिड कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमा २० प्रतिशत छुटको अफर पनि दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले चाडपर्वको अवसरमा मास्टर कार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको सुरुवात गरेको छ । बैंकले ग्राहकलाई तीन महिनासम्म निशुल्क शुल्क कार्ड जारी गर्ने जनाएको छ । यस्तै मास्टर कार्डबाट कारोबार गरे बापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना बैंकले ल्याएको छ। बैंकले आन्तरिक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय आन्तरिक कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तराष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

नेपाल बङ्लादेश बैंक

नेपाल बङ्लादेश बैंकले खाता खोल्दा चाँदीको सिक्का उपहार दिने योजना प्रस्तुत गरेको छ । दशै, तिहार, छठ पर्वमा बैंकले २५ ग्राम चाँदीको सिक्का उपहारका साथ स गौरब बचत खाता सर्वजानिक गरेको हो ।

यस योजनामा न्यूनतम एक लाख रुपैयाँमा खाता खोल्न सकिने छ भनै त्रैमासिक रुपमा व्याज भुक्तानी गर्ने बैंकले जनाएको छ । यस्तै भिजा डेभिड कार्ड, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैंकिङ्ग सेवा लगायत डिम्याट खाता खोल्न, आश्वा, सिआश्वाका लागि कुनै शुल्क नलिने बैंकले जनाएको छ ।
यस योजना अन्र्तगत पहिलो वर्षको लागि लकर सुविधामा र गुड फर पेमेन्टमा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले फेस्टिभ कर्जा अफर ल्याएको छ । बैंकले चाडपर्व अवधिको लागि भन्दै एचबीएल एसएमई लोनको अफर ल्याएको हो । एक करोड रुपैयाँ सम्म कर्जाको लागि ११.७५ प्रतिशत र एक करोड भन्दा बढिको कर्जामा ११.५० प्रतिशत बार्षिक ब्याजदरमा कर्जा प्रवहा गर्ने योजना बैंकले सार्वजनिक गरेको छ । यस्तै बैंकले न्युनतम प्रचलित व्याजदर अनुसार न्युनतम ५ लाख देखि ६ करोड रुपैयाँ सम्म सहज रुपमा कर्जा प्रवहा गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले चाडपर्वको अवसरमा बचतमै सर्वाधिक बीमा योजना सहित महालक्ष्मी सेफ्टी सेभिङ्ग योजना सार्वजनिक गरेको छ । बैंकले यस योजना अन्र्तगत निक्षेपको १० गुणा सम्म बीमा ग्यारेन्टी गरेको छ । निक्षेप कर्ताको आकस्मिक मृन्यु भएमा वा स्थायी अशक्ततामा निक्षेप रकमको १० गुणा वा १० लाख रुपैयाँ मध्ये जुन कम हुन्छ त्यसलाई आधार मानी भुक्तानी गर्ने बैंकले जनाएको छ । यस्तै न्युनतम मौज्दातमा २ हजार रुपैयाँ, लकर सुविधामा ५० प्रतिशत छुट र दैनिक मौज्दातमा मासिक व्याज भुक्तानी गर्ने यस योजनाले समेटिएको छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्