दशै‌ंतिहार अफर: छुटको बर्षा, वाइन ग्लासदेखि २० लाख सम्म उपहार

काठमाडौं, असोज २८ ।

नेपालीहरुको महान् चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी विभिन्न कम्पनी तथा ब्राण्डले चाडपर्व अफर सार्वजनिक गरेका छन् ।

आफ्ना नयाँ उपभोक्तालाई आकर्षित गर्न र नियमित उपभोक्ता तथा सेवाग्राहीहरुलाई थप सुविधा प्रदान गर्नका लागि उपहारका साथमा विभिन्न योजना ल्याउने गरेका छन् । नेपाल टेलिकमले दशैं, तिहार र छठ पर्वको पावन अवसरमा विभिन्न छुटको व्यवस्था गरेको छ ।

जसमा अनलिमिटेड भ्वाइस डाटा एसएमएसमा रु ६ सयमा १५ दिन, ३ सयमा ७ दिन चलाउन सकिनेछ । जसअन्तर्गत पिक आवरमा १ जीबी र प्याक अफ आवरमा १ जीबी गरी दैनिक २ जीबी डाटा उपलब्ध गराउने भएको छ । ६ रुपैयाँ प्रतिदिन ६० मिनेट भ्वाइस कल गर्न पाइनेछ । त्यस्तै प्रतिदिन ६ रुपैयाँमा ३६ एमबी डाटा प्राप्त गर्न सकिनेछ । रु ५०० र १००० को रिचार्च कार्ड र एमपीओएस रिचार्ज कार्डमा १५ प्रतिशत बोनस र १०० र २०० को रिचार्ज कार्डमा १० प्रतिशत बोनसको सुविधा दिएको छ ।

नेट टिभीले दशैंको अवसर पारेर ‘चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर’ ल्याएको छ । अफर अनुसार १ महिनाको प्रिमियम प्याकको खरिदमा अर्को एक महिना सित्तैमा टिभी हेर्न पाइनेछ ।

हिरो ब्राण्डले ‘दशैं–बन्नेछ हिरोमाञ्चक’ अफर अन्तर्गत बाइकमा ६ हजार, स्कुटरमा ८ हजार र हरेक स्क्रयाचमा १ लाख सम्मको क्यास दिने भएको छ ।

सुजुकीले दशैंको अवसर पारेर ‘सुजुकी पर्वोत्सव अन्तर्गत उत्सवको समय बन्छ क्यास मय’ अफर ल्याएको छ । जसमा २ लाखसम्म क्यास छुट, १ लाखसम्म एक्सचेन्ज बोनस र १ लाखसम्म स्क्रयाच कार्ड डिस्काउन्ट पाइनेछ ।

शिखर शू ले पाडो किन्दा भैसी उपहार’ को योजना ल्याएको छ । जसअन्तर्गत स्क्रयाच कार्ड नगद उपहार, बम्परमा कार र जेन्स शू किन्दा लेडिज स्याण्डल फ्री पाइनेछ । पन्चकन्या ट्यांकीको खरिदमा एउटा अटो कट स्वीच उपहार पाइनेछ ।

नेपाल बंगलादेश बैंक लिमिटेडले महान् चाडको अवसमा २५ ग्राम चाँदीको सिक्का उपहारका साथ सगौरव बचत खाताको योजना ल्याएको छ । दशैं अफर अन्तर्गत आइएमईले ‘आईएमई गरौँ दशैंमा उपहार पाऔँ’ योजना अन्तर्गत २० लाखसम्मको उपहार दिने भएको छ । चाडपर्वको अवसरमा वेस्टर्न यूनियन मनी ट्रान्सफरबाट रकम प्राप्त गर्दा हरेक दिन १ जना विजेताले लक्की ड्र मार्फत १५ हजार र बम्परमा १ जना विजेताले ५ लाख पाउनेछन् ।

सेन्सई दशैं तिहार मुसलधारे क्यास बहार योजना अन्तर्गत सेन्सई ब्राण्डका कुनै पनि सामान खरिद गर्दा २० प्रतिशतसम्म नगद छुट पाउन सकिनेछ ।

डिभाइन वाइनले दशैका लागि अफर ल्याएको छ । हरेक डिभाइन वाइनको खरिदमा एउटा वाइन ग्लास सित्तैमा पाइनेछ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्