असोज २८ ।
अफगानिस्तानमा चुनावी र्यालीमा बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ ।
३२ जना घाइते भएका छन् । आगामी साता हुने संसदीय निर्वाचन अघी तखर प्रदेशमा भएको चुनावी प्रचारमा भएको र्यालीमा बम आक्रमण भएको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।
र्यालीमा सहभागी महिला उम्मेदवार नफिसा युसोफी भने सुरक्षित रहेका छन् ।
अफगानिस्तानमा पछिल्लो ६ महिनामा आतंकवादीको आक्रमणमा परि मृत्यु हुने सर्वसाधरणको संख्यमा वृद्धि भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । गत महिना इस्लामिक स्टेट आइएसले गरेको आक्रमणमा दुई पत्रकार सहित २० जनाको मृत्यु भएको थियो । एजेन्सीको सहयोगबाट