गुर्जा हिमाल हिमपहिरोमा परेकाहरू शव पोखरा ल्याइयो

म्याग्दी, असोज २८ । यहाँको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नौ जना पर्यटकको शव पोखरा ल्याइपुऱ्याइएको छ ।

आइतबार सिम्रीक एयरको हेलिकप्टर मार्फत गुर्जा हिमालको आधार शिविरबाट मृतकहरुको शवलाई पोखरा लागिएको हो । आधार शिविरमा छरिएर रहेको अवस्थाबाट शव संकलन गरि आठ ओटाको शव पोखरा ल्याइएको हो ।

आँधीहुरीमा परेर ज्यान गुमाएका गुर्जाका नेत्रबहादुर छन्त्यालको शव भने बेनी अस्पतालमा पोष्मार्टम गरि पुन गुर्जा पठाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

सात हजार एक सय ९३ मिटर उचाईमा रहेको गुर्जा हिमाल आरोहणको लागि चार जना दक्षिण कोरियाली र तीन जना नेपाली तथा पदयात्राको लागि १ नेपाली र १ कोरियाली आधार शिविर पुगेका थिए ।

नया पत्रिकाबाट

कमेन्ट गर्नुहोस्