सीके राउतका तीनजना कार्यकर्ता पक्राउ

जनकपुरधाम, असोज २८ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता जनकपुरबाट पक्राउ परेका छन् । जनकपुर चुरोट कारखानास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेटबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा संजय यादव, विश्वनाथ चौधरी र अमरदीप यादव रहेको जनाइएको छ । प्रहरीले रौतहट सदरमुकाम गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई रिहा गर्न माग गर्दै उनीहरु मुख्यमन्त्री कार्यालय पुगेका थिए।

 

 

मुख्यमन्त्री कार्यालयस्थित सुरक्षाकर्मीले उनीहरुसँग काम विशेषको बारे जानकारी मागेका थिए । उनीहरुले आफूहरु राउत समर्थक रहेको र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आएको भन्दै जबाफ फर्काएका थिए ।

 

 

आफूलाई राउत समर्थक बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् । यता प्रहरीले भने मन्त्रीपरिषद् कार्यालय गेटबाट तीनजना पक्राउ परेपनि उनीहरुकोबारे अनुसन्धान भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्