१५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

सुर्खेत, असोज २८ । सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट १५ हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई रङ्गेहात पक्राउ गरेको हो ।

 

 

श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए । अख्तियार सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले पक्राउ परेका दुवै जनामाथि विस्तृतमा अनुसन्धान भइरहेको बताए । रासस

कमेन्ट गर्नुहोस्