चर्चा बटुल्दै नरेश पातलीको गर्लफ्रेन्ड [भिडियाे सहित]

काठमाडौं, असोज २९ । बझाङका नरेश पातली नेपाल आइडलमा सहभागी भएपछि एकाएक चर्चाको शिखरमा चढे। धनगढी अडिसनमा ‘ऊ जितेर गई या हारेर’ बोलको गीत गाएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका थिए। ‘सुर न ताल’ सँग अनौठो हाउभाउसहित गीत गाएपछि उनको चर्चा चुलिएको थियो। नेपाल आइडल अडिसनमा छनोट नभए पनि उनको चर्चा भने सेलाएको छैन।

 

 

पातलीले गत शनिबार ‘आई ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत बजारमा ल्याएका छन्। म्युजिक भिडियोमा पातली आफैंले अभिनय गरेका छन्। यस गीतमा बादल घिमिरेले संगीत भरेका छन्। नेपाल आइडलको अडिसन भिडियो हेरेपछि आफूले नरेशको स्वरमा संगीत गरेको बताउँछन् घिमिरे। उनी भन्छन्, ‘पातलीको स्वरमा फरक खालको टेस्ट सुन्न सक्नुहुन्छ।’ नरेको यो गीत सार्वजनिक भएको एक हप्ताभित्रै डेढ लाख पटक हेरिएको छ ।

 

नेपाल आइडलको अडिसन हेर्न गएका पातलीले फारम भरेर अडिसनमै भाग लिन भ्याए। भन्छन्, ‘गीत के हो ? म्युजिक के हो भन्ने केही थाहा थिएन मलाई। एकदमै डर लागेको थियो। थर्थरी काँमिरहेको थिए म।’ आफूले अडिसनमा गाएको गीतलाई न्याय दिन नसकेको उनी स्वीकार्छन्। धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा कक्षा ११ मा पढ्दै गरेका पातलीले अव भने म्युजिकमै लाग्ने योजना रहेको बताउँछन्।

 

१२ वर्षअघि घाँस काट्न जाँदा भीरबाट खसेर आमाको मृत्यु भएपछि उनको परिवारमा दुःखका दिन सुरु भएको थियो। आर्थिक अवस्था कमजोर भएकाले परिवारले उनलाई १० कक्षाभन्दा माथि पढाउन सकेनन्। अहिले धनगढीमै रहेका एक आफन्तको घरमा बसेर अध्ययन गर्दैछन्। अन्नपूर्ण पोष्टबाट

कमेन्ट गर्नुहोस्