सरकारले श्रम अनुमति नदिएपछि दसैंमा घर फर्किन सकेनन् घरेलु कामदार

युएई,असोज २८।वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा युएईमा कार्यरत नेपालीले नेपालबाट पुनः सोही काममा युएई आउन नपाउने भएपछि दसैमा पनि स्वदेश फर्किन नपाएको गुनासो गरेका छन।

यसअघि बैधानिक रुपमा नै आएका उनिहरु पछि नेपाल सरकारले श्रमनीति परिवर्तन गर्दै घरेलुकाममा खाडीका देशमा जान नदिने नीति बनाए पछी घर फर्किन नपाएको बताएका छन्।

४ बर्ष भयो घर नगएको ५ बर्सिए छोरिलाइ छोडेर बाध्यता बस् रोजगारीका लागि आएको ।यसपालि त दसैंमा घर जान मन थियो तर पुन श्रम नहुने भएपछि जान सकिएन घरेलुु कामदारको रूपमा युएई आएकी सिन्धुपाल्चोककि रमा थापाको भनाइ छ।
दशैंको समयमा चाहेर पनि घर जान नपाएका सयौं महिलाले सरकारलाई श्रम खोल्न ध्यानाकर्षण गराएको युएईका स्थानीय संचार माध्यममा समेत उल्लेख छ।

उनीहरु बाध्यतावस युएईमै कार्यरत रहेको र दुई देश बिचको सरकारबीच द्धिपक्षिय श्रम सम्झौतानभएका कारण यो समस्या सिर्जना भएको गल्फन्यूजले जनाएको छ।

युएईको मानव संशाधनमन्त्रालयका सहायक उपसचिव डा. ओमर अलनुआमीले नेपाली घरेलु कामदार लिने विषयमानेपालसँग सम्झौता गर्न युएईले अध्ययन गरिरहेको बताएका छन् । नेपाली कामदार राम्रा रहेको भन्दै उनीहरुलाई युएईले स्वागत गर्ने उनले बताएका छन् ।

यता युएई स्थित नेपाली दूतावासका काव राजदूत सागर फुँयालले घरेलु कामदारको समस्या समाधानको लागि पहल सुरु भएको बताउदै रोजगारीका लागि युएई राम्रो गन्तव्य रहेको हुँदा सरकारले आवश्यक प्रक्रिया पूरा गरि कामदारलाई आवतजावत गर्न सहज बनाउनुपर्ने बताएका छन्।

युएई लगाएत खाडीका विभिन्न देशमा बैधानिक रुपबाट घरेलुुकामदारका रूपमा कार्यरत हजारौं कामदार पुन श्रम नहुने भएपछि लामो समय सम्म स्वदेश फर्किन पाएका छैनन्।

कमेन्ट गर्नुहोस्