मलेशियामा ज्यान गुमाएका १३ नेपालीलाई दूतावासको सभाहल बाट सम्झना

मलेशिया,असोज २८।नेपाली दूतावास मलेशियाले आइतबार शोक सभा तथा सचेतनात्मक कार्यक्रम आफ्नै सभाहलमा सम्पन्न गरेको छ।

मलेशियाको सेलाङ्गगोर राज्य तथा क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिराको सेवनपछि मृत्यु भएका १३ जना नेपालिहरुको सम्झनामा दूतावासले श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो ।

गत महिना मदिरा सेवन बाट ज्यान गुमाएका १३ जना नेपालिहरुको सम्झना गर्दै आइतबार दूतावासका कर्मचारी ,मलेशियामा रहेका नेपालीहरूको सामुदायिक संघ संस्थाहरूका प्रतिनिधिहरू लगायतको सहभागीतामा शोकसभा कार्यक्रमको आयोजना गरिएको हो ।

मृतकहरूको सम्झनामा एक मिनेट मौन धारण गरी औपचारिक रुपमा शुरू भएको उक्त शोकसभामा मन्तव्य दिदै कार्यबाहक राजदूत श्री कुमार राज खरेलले मदिरा सेवन पछी ज्यान गुमाएका नेपाली प्रती श्रदान्जली अर्पण गर्दै उक्त घटनाबाट पाठ सिक्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न विशेष आग्रह गरेका छन्।
उनले आउदै गरेका चाडपर्वहरूमा सकभर मदिरा सेवन नगर्न र विशेष सतर्कता तथा होशियारी अपनाउन मलेशियामा कार्यरत नेपालीलाई अनुरोध गरेका छन्।

सचेतनात्मक र अन्तरकृया समेत गरिएको उक्त कार्यक्रममा मलेशियाको स्वस्थ्य मन्त्रालयले तयार पारेको विशाक्त मदिरा सम्बन्धी सन्देश सहितको समाग्रीहरू पनि वितरण गरिएको थियो।

यसरी ज्यान गुमाउनेमा मिम बहादुर घले बसेरी-३, धादिङ, राम कुमार यादव मसिना-६, रुपन्देही, संजय उराव पश्चिमकुसाहा-९, सुनसरी,बलबहादुर कुलुंग रार्इ सिद्धिथुम्का-९, इलाम,आइत सिंह गोले पत्थरकोट -६, सर्लाही,दुर्गा सिं राना देउराली ८, नवलपरासी,शेर बहादुर ठकुरी वागमति ८, सर्लाही, बिशाल बुढाथोकी अमरगढी-५, डडेल्धुरा, सुकुलाल घिसिगं महोत्तरी,बिमल कार्की इलाम, चम्पावति राई खोटाङ,रामचन्द्र लोध फरेना-७, रुपन्देही, राधेश्याम बैठा रघुनाथपुर्-६, बारा रहेका छन्।

कमेन्ट गर्नुहोस्