नेपाली राजदुतावास मलेसियाद्वारा शोकसभा तथा अन्तरक्रिया सचेनात्मक कार्यक्रम सम्पन्न

मलेसिया, असोज २८ ।

नेपाली राजदुतावास मलेसियाले आयोजना गरेको शोकसभा तथा सचेतनात्मक अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ।

दूतावासकै प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रमको सञ्चालन दूतावास मलेसियाको द्धितिय सचीव बिनोद मुखियाले गरेका थिए ।

कार्यक्रमको उद्घाटन कार्यबाहक राजदुत कुमार राज खरेलले बिषाक्त मदिराको सेवनबाट मृत्यु भएका १३ जना नेपालीहरु क्रमशः सर्लाही जिल्ला निवासी स्वर्गीय आइते सिंह गोले, शेरबहादुर ठकुरी, बारा रघुनाथपुर, ६ को रामबहादुर बैठा, इलामको विमल कार्की, बलबहादुर कुलुङ राई, खोटाङको चम्पावती राई, नवलपरासीको दुर्गा सिं राना, रुपन्देहीको रामचन्द्र लोध, रामकुमार यादव, सुनसरीको संजय उराँव, धादिङको भीमबहादुर घले, डडेल्धुराको विशाल बुढाथोकी, महोत्तरीको सुकुलाल घिसिङ लगायतको मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जलीव्व्यक्त गर्दै दूतावासले नेपाली श्रमिकहरुको निम्ति गर्न सक्ने सहयोग र काम कुराबारे प्रष्ट पारेका थिए ।

त्यसैगरी शोकसभामा उपस्थित टेलिभिजनकर्मी, पत्रकार सुशील ढुंगानाले मृतकहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मलेसियामा बसोबास गर्ने नेपालीहरु मदिराको मामिलामा सचेत रहनुपर्ने र यदि कामदारहरु माथी कुनै किसिमको समस्याहरु आइपरे सम्बन्धित निकायको मदत लिनुपर्ने र सक्दो नेपालीहरुले सुरक्षीत वैदेशिक रोजगारको गन्तव्यमा हिड्नु पर्ने धारणा राखे । यता काङ्ग्रेस जनसम्पर्क समिती मलेसियाको महामन्त्री तथा नेपाल ट्रेड युनियन काङ्ग्रेस मलेसियाको संयोजक योगेन्द्र कोइरालाले दूतावास मलेसियाको ध्यानाकर्षण गराउँदै कसैलाई काखा कसैलाई पाखा गर्न नहुने सबै नेपाली श्रमिकहरुलाई सम्मान ब्यवहार गर्नुपर्ने धारणा राखे ।

उनको भनाइ अनुसार एकजना नेपालीले अर्को नेपालीको छनिक आर्थिक कारोबार मिलाउन ढिला भए बापत २ बर्ष जेल बस्नुपर्ने र २६ जना नेपालीलाई घरबार विहीन बनार्इ, पैसा खाएर मलेसियामै अलपत्र पार्ने व्यक्ति खुल्लेयाम फेसबुक लाइभमा आएर दूतावास लगायत ती व्यक्तिबाट पीडितहरुको पक्षमा बकालत गर्दा, न्यायको पक्षमा बोल्ने व्यक्ति लगायतलाई समेत सिधा चुनौती दिने, धम्की दिने लगायतको लज्जास्पद कार्य खुल्लेयाम गर्ने गर्छ, त्यस्तोलाई केही सजाय हुँदैन ? यो कहाँको इन्साफ हो महामहिम ? दुखेसो पोख्दै दूतावास माथी प्रश्न तेर्स्याएका थिए ।

अन्त्यमा कार्यवाहक राजदुत खरेलले सबै प्रश्नहरुको उतर क्रमशःदिएका थिए ।

कार्यक्रममा उपस्थित दूतावास मलेसियाको प्रतिनिधि, कर्मचारीहरु, विभिन्न संघसंस्थाको प्रतिनिधि, पत्रकार, समाजिक अगुवाहरु, विभिन्न पार्टीको भातृ संगठनको मलेसिया प्रतिनिधिहरु लगायतकोले आ–आफ्नो मन्तव्य राख्दै मृतक १३ जना नेपालीहरु प्रति शोक वक्तब्य व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका थिए ।

कमेन्ट गर्नुहोस्