अफगान प्रिमियर लिगः आज सन्दीप लामिछानेलाई अवसर ! [LIVE]

काठमाडौं, असोज २८ । अफगानिस्तान प्रीमियर लीग (एपिएल) टि-२० अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम नगरहर लिओपार्डसले अहिले सातौं खेल खेल्दै छ। आज सन्दीपको टिमले टस जितेर ब्याटिगं रोजेको छ ।

 

आज लिओपार्डस पक्तिया प्यान्थर्ससँग खेल्दै छ । लिओपार्डसले शनिबार राति  कन्दहर नाइट्ससँग २६ रनको पराजय बेहोरेको थियो। उक्त खेलमा नेपाली लेग स्पिनरलाई अन्तिम ११ मा स्थान दिइएको थिएन। हिजो स्थान नपाएका सन्दीप आज भने टिममा पर्न सफल भएका छन् ।

 

प्यान्थर्सको कप्तानी मोहम्मद शहजादले गरिरहेका छन्। सन्दीपको टिम लिओपार्डसले प्रतियोगिताको ६ खेल खेल्दा २ जित र ४ बेहोर्दै अंक तालिकामा पाँचौ स्थानमा रहेको छ भने पक्तिया प्यान्थर्सले ५ खेलमा ३ जित र २ हार बेहोर्दै तेश्रो स्थानमा रहेको छ।

 

 

कमेन्ट गर्नुहोस्