ल्याण्डफिल बन्दः घरबाट फोहोर ननिकाल्न महानगरपालिकाको आग्रह

काठमाडौं । दसैंको पाँच दिन सिसडोल ल्याण्डफिल साइट बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं नगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको नेपाल समाचारपत्रमा खबर प्रकाशित छ ।

 

 

कमपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे ।

 

 

कुँवरले स्थानीयलाई दसैंमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको बताए ।स्थानीयले दसैंमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए । कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमानै व्यवस्थापन गर्न अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्