रामवीर भन्छन्,- ‘जनताले के भने मलाई थाह छैन’

काठमाडौं, असोज २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको उम्मेदवारीका लागि राजीनामाको घोषणा गरेका काठमाडौं-७ का सांसद रामवीर मानन्धरले आफ्नो कदमबारे जनताको प्रतिक्रियाबारे अनभिज्ञता प्रकट गरेका छन् ।

 

 

मानन्धरको अकस्मात् राजीनामा घोषणाप्रति नकारात्मक प्रतिक्रिया बढेकाले उम्मेदवार बन्ने तयारीबाट गौतमले गत शुक्रबार ‘ब्याक’ भएको सार्वजनिक गरेका थिए । तर, मानन्धरले भने अध्यक्ष प्रचण्डसँगको परामर्शपछि राजीनामाका लागि अनुमति मागेको भन्दै आफ्नो कदमपछि उक्त क्षेत्रका जनताको प्रतिक्रियाबारे अनभिज्ञता प्रकट गरेका हुन् ।

 

 

‘पार्टीमा विषय (राजीनामाको एजेन्डा)नै प्रवेश नभएपछि अब त्यो कुरा सकियो, त्यसमा अब मेरो खासै प्रतिक्रिया छैन, पार्टीको कुरा हो, जे गर्नु पार्टीले नै गर्छ, हिजो पनि त्यही भनेको थिएँ, आज पनि त्यही भन्छु,’ मानन्धरले भने, ‘निर्वाचन क्षेत्रका जनताले कसरी रेस्पोन्स गरे थाहा छैन, कस्ता कुरा गरिरहेका छन्, तपाईंहरूसँगै गएपछि मात्र थाहा होला ।’ नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्