गुल्मीमा जिप दुर्घटना, २ जनाको मृत्यु

गुल्मी, असोज २९ । दसैंको मुखमा सडक दुर्घटना व्यापक बढिरहेका छन् । यसैबीच, आज गुल्मीको चन्द्रकोट गाउँपालिका २ बिसुखर्कको गजेनी गरगरेमा जिप दुर्घटना भएको छ ।

 

 

दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बाग्लुङ हटियाबाट बिशुखर्क धौलादिपतर्फ आउदै गरेको लु १ ज २१८१ को जिप गयराति दुर्घटनामा परेको हो ।

 

 

दुर्घटनामा बिशुखर्कका धौलादिपका गाडी मालिक ३९ वर्षीय लाल बहादुर गुरुङ र ५३ वर्षीय चालक भरत गुरुङको मृत्यु भएको वडा अध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिए ।

 

 

गाडी सडकबाट तीनसय मिटर तल खसेको छ । स्थानीयले बिहानमात्र जानकारी पाएको क्षेत्रीको भनाइ छ । शान्तिपुरबाट प्रहरी टोलि घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपक कुमार बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्