युवा अवस्थामा कस्ता निर्णय गर्ने ? जान्नुस् महत्पूर्ण टिप्स

काठमाडौं । मानिसले युवा अवस्थामा के-के गर्न सक्छन् ? या के-के गर्नुपर्छ ? यसको ठ्याक्कै उत्तर पाउन गाह्रो छ । तर, ३० वर्षभन्दा कम उमेरमा गर्ने केही निर्णयले जीवन नै सुन्दर हुनेछ ।

 

 

यस्तो उमेरमा गर्ने फरक अनुभवले व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । महिलाका लागि त यो अझ बढी महत्वपूर्ण हुन्छ । त्यसैले यो उमेरसम्ममा मानिसले गर्नुपर्ने केही कामको विषयमा एजेन्सीको सहयोगमा तयार पारिएको सामग्रीः

 

डर हटाउनुस्
प्रायः मानिसमा बचपनको कुनै गतिविधिले डर हुने गर्छ । तर, यही उमेर अवधिमा तपाईं डराउने चिजसँग एकपटक पक्कै पनि सामना गर्नुस् । तर, आफ्नो जीवनलाई हानि नपुर्याउने गरी । भिड, व्यापार या अरू कुनै चिजसँग डर छ भने सामना गर्नुस् । यसो गर्दा डरलाई काबुमा राखी खुलेर जिउन सक्नुहुन्छ ।

 

 

क्षमताको उजागर
३० वर्षको उमेरभन्दा पहिले नै कुनै यस्तो क्षमता बाहिर निकाल्नुस्, जसका कारण तपाईं निकै खुसी हुनुहुन्छ । जुन तपाईंको करिअरका लागि टर्निङ प्वाइन्ट पनि साबित हुन सक्छ । यस्तो कार्य जुनसुकै विधामा पनि गर्न सक्नुहुन्छ ।

 

 

सिकाइको भोक
ज्ञान हासिल गर्न उमेरको कुनै सीमा हुँदैन । जुनै उमेरमा पनि कुनै न कुनै कुरा सिक्न सक्नुहुन्छ । जसले जीवनलाई अझ महत्वपूर्ण बनाओस् ।

 

 

जीवनमा सधैँ केही न केही सिक्ने प्रयास गर्नुपर्छ । यद्यपि, ३० वर्षभन्दा कम उमेरमा अझ बढी सिक्ने ऊर्जा हुन्छ । त्यसैले कुनै न कुनै रचनात्मक या रोचक कुरा सिक्नुस् । जसले तपाईंको जीवनलाई महत्वपूर्ण बनाउन सहयोग पुर्याउँछ ।

 

 

एक्लै भ्रमण
मानिस केही समय एक्लै बस्न जरुरी हुन्छ । यस्तो बानीले आत्मज्ञान प्राप्त गर्न सहयोग पुर्याउँछ । यद्यपि, साथीसँगका पनि सुखद क्षण हुन सक्छन् । तर, एक्लै बस्दा जिन्दगीलाई अझ नजिकबाट बुझेर काम गर्न सक्नुहुन्छ ।

 

 

सम्भव भएको अवस्थामा एक्लै घुम्न निस्कनुस् । एक्लै यात्रा गर्दा तपाईं कम्फर्ट जोनबाट बाहिर निस्कनुहुन्छ । जसले आफूप्रति भरोसा बढाउँछ । यस्तो बानीले दुनियाँ बुझ्न पनि सघाउँछ ।

 

 

एड्भेन्चर
जिन्दगीमा कुनै एड्भेन्चरको पनि अनुभव लिनुस् । आफूले आफैंलाई यस्तो चुनौती दिएर त्यसलाई सफल पार्नुहुन्छ भने तपाईंमा इनर्जी सञ्चार हुन्छ ।

 

 

जुन गतिविधिले कैयौँ वर्षसम्म सुखमय अनुभूति गराउँछ । त्यसका लागि प्याराग्लाइडिङ, रिभर र्याफ्टिङ, ट्रेकिङ, म्याराथन आदि गर्न सक्नुहुन्छ ।

 

 

रोलमोडल
तपाईले जिन्दगीमा कुनै यस्तो काम गर्नुस्, जसले रोलमोडल बन्न सहयोग पुर्याओस् । यस्तो कामले तपाईको आत्मविश्वास बढाउने काममा ठूलो भूमिका खेल्छ । तपाईं बच्चा, युवा वा वृद्धवृद्धा जोसुकै भए पनि रोलमोडलको बाटोमा हुन सक्नुहुन्छ ।

 

 

खासगरी ३० वर्षभन्दा कम उमेरबाटै यस्तो बाटो अवलम्बन गर्दा तपाईंले जीवनको सार्थकता महसुस गर्न सक्नुहुन्छ । रोलमोडल बन्ने क्षेत्रको सीमितता हुँदैन । तपाइँलाई कुनै पनि क्षेत्रमा रोलमोडल बन्ने छुट छ ।

 

 

प्रेमको सुरुवात
यो उमेरमा गर्नुपर्ने एउटा काम प्रेम हो । जसले मानिसलाई फरक अनुभूति दिन्छ । हाम्रो समाजले प्रेमलाई विभिन्न कोणबाट परिभाषित गरको हुन्छ ।

 

 

यद्यपि, यो ३० वर्षअघि नै सुरु गर्नुपर्ने एउटा महत्वपूर्ण काम पनि हो । किनकि प्रेमविना मानिसको जीवन अपूरो हुन्छ । जिउनका लागि पनि प्रेम अपरिहार्यजस्तो छ । के थाहा, तपाइँको यही प्रेमलाई जीवनसंगिनी पो बन्छन् कि ।

 

 

माफी
गल्ती नगर्ने मानिस सायदै हुन्छ । जानी-नजानी हरेक मानिसले गल्ती गर्छ । गल्तीले सम्बन्धमा दरार उत्पन्न गराउँछ । त्यसैले गल्तीमा माफ गर्ने बानी बसाल्नु नै बढी बुद्धिमता हुन्छ । यस्तो बानीले तपाईंको व्यक्तित्वलाई पनि सुन्दर बनाउँछ ।

 

 

फिटनेस
फिट रहन हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ । तर, महिलाले अफ्नो स्वास्थ्यबारे पूर्ण रूपमा ध्यान दिन अनवश्यक हुन्छ । ताकि, अरूलाई आकर्षित गर्न सहयोग मिलोस् ।

 

 

यस्तो समयमा गर्ने लापर्बाही जीवनभरका लागि हानिकारक साबित हुन्छ । फिट रहनका लागि जिम, रनिङ, योगा, कार्डियो एक्सरसाइजलगायतको सहारा लिन सक्नुहुन्छ ।

 

 

भाषाको ज्ञान
भाषाको ज्ञानले व्यक्तित्व निर्माणमा निखार ल्याउने काम गर्छ । त्यसैले यो उमेर अवधिमा कुनै नयाँ भाषा सिक्ने प्रयास गर्नुस् । अरूलाई प्रभाव पार्न फ्रेन्च, स्पेनिस या इटालियन भाषा सिक्न सक्नुहुन्छ ।

 

 

भाषणको कला
तपाईं कसैलाई उत्प्रेरणा दिन चाहनुहुन्छ भने हजारौँको बीचमा भाषण गर्न सक्नुहुन्छ । जसका माध्यमबाट थुप्रै मानिसबीच चिनिन पनि सहयोग पुर्याउँछ । र, तपाईं स्वयंका लागि पनि वर्षौँसम्म यादगार क्षण बन्न सक्छ । -नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्