श्रीपेच सार्वजनिक प्रदर्शनिमा, उदघाटन गर्न जाँदै प्रधानमन्त्री

काठमाडौं, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच हेर्न जाने भएका छन् । नारायणहिटीस्थित शैलुन कक्षमा राखिएको श्रीपेच प्रदर्शनीमा ल्याइने भएकाले प्रदर्शनी कक्षमा ल्याउने सिलसिलामा प्रधानमन्त्री ओलीले अवलोकन गर्न लागेका हुन् ।

 

 

२९ कार्तिकमा सार्वजनिक प्रदर्शनी ल्याइने राजाले लगाउने श्रीपेच, बोक्ने राजदण्ड, रानीले लगाउने टायरा लगायतका सामाग्री आजै प्रदर्शनी कक्षमा रहेको बुलेटप्रुफ शोकेसभित्र राखिँदै छ। बुलेटप्रुफ सोकेशभित्र राखिएको श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेपछि सार्वजनिक प्रदर्शनीमा ल्याइने छ ।

 

श्रीपेच, राजदण्ड, रानीले लगाउने टायरा, एउटा झारी, चमर सहितका सामग्री बुलेटप्रुफ शोकेसभित्र सोमबार राख्ने कार्यक्रम छ। राजतन्त्रसँग सम्बन्धित यी सामाग्री पूर्वराजा ज्ञानेन्द्र शाहले २९ जेठ २०६५ मा नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।

 

नारायणहिटीको शैलुन कक्षमा रहेका यी सामाग्री सार्वजनिक अवलोकनका लागि सुर्खेत र रूपन्देही कक्षमा राखिने छन् । सरकारले गत जेठमा श्रीपेच प्रदर्शनीको व्यवस्था मिलाउन पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा श्रीपेच अवलोकन समिति गठन गरेको थियो । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्