बहु प्रतिक्षित पुस्तक ‘चेन्ज योर फ्युचर’ सार्वजनिक

असोज २९ ।

जीवनसंग जोडिएका हरेक प्रसंगदेखि व्यापारका बैज्ञानिक सुत्रदेखि जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक ‘चेन्ज योर फ्युचर’ सार्वजनिक भएको छ ।

‘चेन्ज योर फ्युचर’ लाई न्यूयोर्क निवासी चर्चित युवा लेखक राजन थपालिया र एनआरएन अमेरिकामा पूर्व वरिष्ठ उपाध्यक्ष तथा युवा नेता कृष्ण पोख्रेल द्वारा लेखिएको कृति हो । उक्त किताबको कभर आर्ट लन्डन निबासी निकै लोकप्रिय डिजाइनर एमएम रैनीले गरेकी हुन् । उक्त किताबको कभर तस्वीरले नै जीवनप्रतिको आशा उत्साह र परिवर्तनको झझल्को दिन्छ ।

२५६ पेज रहेको उक्त पुस्तकमा १२ वटा खण्डहरु रहेका छन् ।

किताबमा जीवनका दर्शनदेखि, यौन, विवाह, प्रेम, स्वास्थ, व्यायाम, अमेरिकामा स्थापित हुने, राम्रा विश्व विद्यालयहरु छान्ने तरिकादेखि जीवनको कुन उमेरमा के गर्ने ? भन्ने समेत हरेक पाटोलाई सरल ढंगबाट केलाईएको उक्त किताब अनन्त सार्वजनिक भएको छ ।

जीवनप्रतिको कर्तब्य साथै, घर मै बसेर पनि आय आर्जन गर्ने सकिने तरिकाहरु देखी सफल हुने हरेक बिषयलाई समेटिएको छ । उक्त पुस्तक अनुसन्धान मूलमा आधारित पुस्तक हो ।

विशेषगरी अमेरिकाको हरेक राज्यमा घर पुर्याउने (होम डेलिभरी)को सुविधा पनि उपलब्ध छ । केही दिनपछि उक्त किताब अ्मेजनमार्फत विश्वभरका पाठकहरुले मगाउन सक्नेछन् । उक्त पुस्तकलाई केपी म्यानेजमेन्ट र न्यूयोर्क सिटी पोस्टले बजारमा ल्याएको हो ।

कमेन्ट गर्नुहोस्